कम्युनिस्ट एकता हुने मैले देखेको छैनः माधव नेपाल

Image

नेकपाका सहसंयोजक माधव नेपालले कम्युनिस्ट एकता हुने आफूले नदेखेको बताएका छन्।

मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको गोष्ठीमा उनले भावनाका कुरामात्रै गरेर मात्रै नहुने बताएका हुन्।

‘अहिले खुब चर्चामा आउने गरेको छ, कम्युनिस्ट पार्टी आजै मिले, भोलि मिले, बिहानै मिले बेलुकै मिले, यो प्रश्नको जवाफ दिँदा मेरो पनि दिमाग खराब भइरहेको छ, मैले त्यस्तो देखिरहेकै छैन,’ उनले भने, ‘जसजसले देख्नुभएको छ। ठिकै छ। जसले देखेको छ उसैले अगाडि बढ्ने हो, अगाडि बढेर इतिहास बनाउन सक्नुपर्छ।’

यथार्थताको धरातलमा टेकेर व्यापाक छलफल, बहसपछि मिल्ने कुरामा मिलेर अगाडि बढ्नुपर्ने बताए। ‘मै हुँ भन्ने प्रवृत्ति भ्रष्टाचारीकरणको प्रवृत्ति, जनताबाट टाढिने प्रवृत्त्तिले हामीले समाज जनता बुझ्न सकेनौँ। बदलिँदो मनोविज्ञानलाई बुझ्न सकेनौँ,’ नेपालले भने, ‘हामीमा केके विकृतिहरू आए आत्मसमीक्षा गरौँ, एउटा पार्टीले मात्रै होइन, सबै कम्युनिस्ट घटकहरूले आत्ममन्थन गर्नुपर्छ।’

मन्थनपछि सही निष्कर्ष निस्किए बल्ल कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याउन सकिने बताउँदै उनले भावनाको कुरा गरेर मात्रै नहुने बताए। ‘