अवैध गतिविधि हुने भन्दै कालो सिसा लगाइएका सवारीमाथि ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ । निजी तथा सार्वजनिक सवारीमा कालो सिसाको प्रयोग गर्ने र त्यसपछि स–साना हतियारको ओसारपसार, लागुऔषध ओसारपसार तथा सेवन हुने गरेको भन्दै उपत्यका ट्राफिक प्रहरीले कालो सिसाका सवारीमाथि कडाइ गर्दै हटाउने अभियान सुरु गरेका हो ।
कतिसम्म भने सुन ओसार पसारका घटनादेखि अपराधी फरार हुन समेत कालो सिसाकासवारी प्रयोग भएको पाइएको ट्राफिक प्रहरीले बताएको छ । सवारी तथा यातायात ऐन २०४९ को दफा ३९ अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृती नलिई रङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन गर्न नहुने उल्लेख गरेको छ ।
यसरी आफूखुसी कालो सिसा राख्ने ३७ वटा सवारीलाई कारबाही समेत गरिसकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।















