फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनको ज्यान गएको छ। पूर्वी फ्रान्सको टम्बलेन सहरमा स्काइडाइभर्सहरु बोकेको नागरिक विमान दुर्घटना भएको हो।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उक्त विमान एउटा प्यारासुटिङ स्कुलको थियो र न्यान्सी–एस्से एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो।
फ्रान्सको गृह मन्त्रालयले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।















