विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

Image

विशेष अदालतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा रहेका पौडेललाई दोस्रो पटक तीन दिनको म्याद थप भएको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई म्याद थप गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई यसअघि ७ दिन हिरासतमा राखी अनुसन्धान गरिसकेको छ ।