नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्टाटस संसद्मा पढेर सुनाएका छन् ।
मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह स्मरण गर्दै नेता पुनले प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्टाटस स्मरण गाराका हुन् ।२०७९ माघ १० गते प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेका थिए ।
त्यसबेला बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर थिए । त्यसबेला उनले आचार्यको आत्मदाहमा राज्यको नीति जोडिएको भनेर स्टाटस लेखेका थिए ।
त्यसबेला बालेनले ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर निराशा पोख्छन् । त्यो निराशाका कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो’ भनेर लेखेका थिए ।
यो बुझाइमा अहिले पनि हो वा फेरि यो भनेर नेता पुनले प्रधानमन्त्री बालेनलाई प्रश्न गरेका छन् । मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।
करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार मृत्यु भएको छ । भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।
यो विषयमा संसद्मा अनय विपक्षी दलहरूले पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।













