मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर

Image

मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर भएका छन् ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो । सजाय निर्धारणका लागि बिहीबार पेसी तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले २०८२ साउनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।