नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिबानाको सजाय तोकिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतले प्रकरणमा दोषी ठहर्याइएका १६ जनाविरुद्ध सजाय सुनाएको हो ।
जसमा मुख्य योजनाकार मानिएका दुलाल र भण्डारीलाई सरकारी लिखत किर्ते कसुरमा २ वर्ष कैद र २० हजार जरिबाना, ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वषए कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा १ वर्ष कैद र १५ हजार जरिबाना सुनाएको छ ।
सबै कसुरको एकीकृततर्फमा कुल ४ वर्ष ४० हजार कैद सुनाइएको छ । दुवै जना मुद्दाको सुरुवातदेखि नै पुर्पक्षका लागि थुनामा छन् ।














