कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। आज बिहान मन्त्रिपरिषद बैठकअघि मुख्यमन्त्री यामलाल कडेललाई भेटेर उनीहरूले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।
कर्णाली सरकारमा कांग्रेसबाट ४ जना मन्त्री थिए। आफूहरूले सामूहिक रूपमा राजीनामा दिइसकेका छन् । कर्णालीमा कांग्रेसका घनश्याम भण्डारी, राजीवविक्रम शाह, सुरेश अधिकारी र विजया बुढा मन्त्री थिए। कर्णालीमा ७ सदस्यीय मन्त्रिपरिषद रहेको छ। जसमा कांग्रेसबाट ४ र एमालेबाट ३ जना मन्त्री थिए। तत्कालका लागि कडेल नेतृत्वको सरकार संकटमा परेको छ।
कर्णाली प्रदेश सभा ४० सदस्यीय हो। कर्णालीमा कांग्रेस र एमाले मिलेर सरकार बनाएका थिए। कांग्रेस र एमालेबीच प्रदेशहरूमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी थियो।














