चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाका १३४ जना सम्पर्कविहीन भएका छन् । रसुवा–नुवाकोट क्षेत्रमा सम्पर्कविहीन हुनेमा यहाँका १०८ पुरुष, १७ महिला, ६ बालक र तीन बालिका रहेका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सम्पर्कविहीन भएका मध्ये कर्णाली प्रदेशअन्तर्गतका सबैभन्दा धेरै सल्यानका ४९ जना छ । सल्यानका ४० पुरुष, ६ महिला, दुई बालक र एक बालिका सम्पर्कविहीन रहेका प्रदेश सरकारले जनाएको छ । त्यसपछि जुम्लाका ३१ जना सम्पर्कविहीन छन् । जुम्लाका सम्पर्कविहीन सबै पुरुष रहेका जनाइएको छ ।
हुम्ला र मुगुका १२/१२, सुर्खेतका ११, दैलेख र कालीकोटका पाँच/पाँच रुकुम पश्चिमका चार, जाजरकोटका तीन र डोल्पाका दुईजना सम्पर्कविहीन रहेका कर्णाली प्रहरीले जनाएको छ ।










