रसुवा बाढी प्रभावितका लागि श्रीलंकाले घोषणा गरेको आर्थिक सहयोग परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेको छ।
नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी देलपिटियाले परराष्ट्रमन्त्री खनाललाई बुधबार १० लाख अमेरिकी डलर हस्तान्तरण गरेकी हुन्।
परराष्ट्र मन्त्रालयमा भएको मन्त्री खनालसँग भेट गर्दै उनले सो रकम हस्तान्तरण गरेकी थिइन्। उनले बाढीले भएको ठूलो जनधनको क्षतिप्रति दुःख समेत व्यक्त गरिन्। मन्त्री खनालले श्रीलंकाली जनता र सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए।
यसले नेपाल र श्रीलंकाबीच रहेको गहिरो मित्रता र द्विपक्षीय सहकार्यलाई दर्शाउने मन्त्री खनालको भनाइ थियो।














