सुनको भाउमा एकैदिन ६ हजार ४ सय रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो

Image

नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य उल्लेख्य बढेको छ। सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। सोमबार प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ।

यो अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १ सय १० रुपैयाँले महँगिएको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ४ सय २ अमेरिकी डलरमा कारोबार भइरहेको छ।