४ दिनमा प्रतितोला ८ हजार १ सय रुपैयाँ घट्यो सुन

Image

स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको मूल्य २२० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ३५ रुपैयाँ कायम रहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य चार हजार २५५ रुपैयाँ थियो ।