विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मा प्र.१-०१-००१ ज ३८६८ नम्बरको कार र प्र.१-०२-०४२ प ६३१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार भोक्राहा नरसिंह गाउँपालिका-१ का ६२ वर्षीय जनकलाल मेहताको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राइम अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको कोसी गाउँपालिका-१ लौकहीमा प्र.०१-०२-०५७ प ७२६१ नम्बरको मोटरसाइकल र प्र.१-०२-०५७ प ०१३७ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो आपसमा ठोक्किँदा प्र.१-०२-०५७ प ०१३७ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका-३ का २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये एकजनाको न्यूरो अस्पताल विराटनगरमा र दुईजनाको धरान घोपामा उपचार भइरहेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका-८ मा को.३८ प ५९८९ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-५ देउरालीका २५ वर्षीय सम्राट तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, रौतहटको वृन्दावन नगरपालिका-६ मा चपुरबाट गौरतर्फ जाँदै गरेको म.प्र.-०३-०३१ प००३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री गुजरा नगरपालिका-८ देविपुर बस्ने २७ वर्षीय अबदुल सहमदको बिहीबार बेलुकी मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटामा ग.४ च २२८१ नम्बरको कारको ठक्करबाट पैदलयात्री शुक्लागण्डकी नगरपालिका-११ राईपुरका ६८ वर्षीय सन्तमान श्रेष्ठको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जि.पि.कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका-२ खैरेनीमा यूपी ३१ एस ८३१४ नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा चालक भारत लखिमपुर खिरी थाना सम्पूर्णानगर-१ बस्ने ६५ वर्षीय सतरोहन लाल यादवको घट्नास्थलमै मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिकामा लु.प्र.०२-००२ प ४३०२ नम्बरको स्कुटर अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने २१ वर्षीय अस्मित कँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एकजनालाई थप उपचारको लागि संजिवनी अस्पताल रिफर गरिएको छ ।
स्याङ्जाको बिरूवा गाउँपालिका-३ ठाटीमा ग.२६ प १३५० नम्बरको स्कुटर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक बिरूवा गाउँपालिका-२ बस्ने ३९ वर्षीया रेवती गुरूङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।














