निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।
मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेको भन्दै आयोगले भट्टराईलाई २४ घण्टा भित्र स्पष्टिकरण सोधेको हो । डाक्टर भट्टराईले गोरखाबाट आज मतदान गर्ने क्रममा आफूले मत दिएको मतपत्र सार्वजनिक गरेका थिए ।
https://www.tvannapurna.com/64710/2022/05/13/











