सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित भएका छन् ।
उनले तीन हजार तीन सय ९५ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार लेकेन्द्र महतोले दुई हजार आठ सय ८५ मत मात्र प्राप्त गरे ।
त्यसैगरी उपमेयरमा माओवादी केन्द्रकी गीतादेवी महतोले तीन हजार आठ सय ६० मत प्राप्त गरी निवार्चित भएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार मन्जुदेवीले दुई हजार नौ सय ८५ प्राप्त गरिन् ।











