रामचन्द्र पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको भेला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक बोलाएका छन् । आज अपरान्ह ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने गरी भेला बोलाइएको हो ।

महाधिवेशन अन्योलमा परेपछि सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न दबाव दिन पौडेलले केन्द्रीय सदस्यहरूको भेला राखेका हुन् । बैठकमा भोलि बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने धारणाबारे छलफल हुनेछ ।

आजै बिहान पौडेलले महाधिवेशन गर्न असफल भन्दै सभापति शेरबहादुर देउवामाथि कटाक्ष गरेका थिए । पौडेलले पटक(पटक असफल भएका व्यक्ति नै सत्तामा पुगेको बताएका छन् । निर्धारित मितिमा महाधिवेशन नहुने भएपछि पार्टीको वैधानिकता नै समाप्त हुने अवस्था रहेको भन्दै पौडेल चिन्तित छन् ।