काठमाडौँ उपत्यकामा मंगलबार थपिए १ हजार १८६ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभर गरिएको १९ हजार १२३ नमुना परिक्षणमा ४ हजार ९०४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौं उपत्यकामा मात्रै १ हजार १८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५१ जना संक्रमित रहेका छन् ।