राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनमा पार्टीका उम्मेदवारको उम्मेदवारी दर्ता पत्रमा हस्ताक्षर गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ ।
मंगलबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकले यसअघि पार्टी सभापति रवि लामिछानेलाई दिएको स्थानीय तह उपनिर्वाचनको उम्मेदवारी दर्तामा आधिकारिता दिने अधिकार बुर्लाकोटीलाई दिएको हो ।
सभापति रवि लामिछाने सहकारी प्रकरणमा हिरासतमा परेपछि रास्वपाले कार्यवाहक सभापति तोकेको छैन ।














