कीर्तिपुरको मतगणना राति १० बजेदेखि सुरु हुने

स्थानीय तह अन्तर्गत कीर्तिपुर नगरपालिकामा आइतबार रातीदेखि मतगणना गर्ने सर्वदीय बैठकले सहमति गरेको छ। मतगणना राति १० बजेबाट थालिने निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन। जसअनुसार सुरुमा वडा नम्बर १ बाट गणना गरिनेछ।

वडा नम्बर १ मा मेयरको गणना गरेपछि वडाध्यक्षको गणना हुनेछ। त्यसपछि ४ नम्बर वडामा मेयरको मतगणना गरेपछि वडाध्यक्षको गणना गर्ने सहमति जुटेको छ। मेयरमा जस्तै १ नम्बर र ४ नम्बर वडाका वडाध्यक्षको निधन भएपछि उपचुनाव भएको हो।

दुईवटा वडाको मतगणना सकेपछि क्रमशः २, ३, ५, ७, ८, ९ र १० को गणनाा गरिनेछ। कीर्तिपुर नगरपालिका प्रमुख पदका लागि नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जनसहित ८ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार छन्।

कीर्तिपुर नगरपालिकामा १० वटा वडा छन्। कार्कीका अनुसार २१ हजार ३ सय ६२ मत खसेको छ। सो पालिकामा ३१११२ मतदाता थिए।