रामकुमारी झाँक्रीलाई लक्षित गर्दै माधवले भने : मिडियामा बोलेर मात्र क्रान्ति सफल हुँदैन

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कमिटी प्रणालीलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार काठमाडौंमा बसेको पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सामाजिक सञ्जाल र मिडियामा बोलेर मात्र पार्टी क्रान्तिकारी तथा अनुशासित पार्टी नवन्ने भन्दै अनुशासित भएर कमिटी प्रणालीलाई बलियो बनाउन निर्देशन दिएका हुन् ।

आफ्ना नेताको बद्ख्वाईं र अरुको प्रशंसा गरेर ठूलो बन्ने प्रवृति अन्त्य हुनुपर्ने उनको भनाइ छ । उनाले जस्तोसुकै मतभेद वा बिचारको भिन्नता भएपनि पार्टी तहमा राख्दा कुनै फरक नपर्नेे धारणा राखे । अध्यक्ष नेपालले पार्टीलाई अनुशासित, क्रान्तिकारी र संस्थागत रुपमा अघि बढाउनुपर्ने पनि बताए ।