अस्ट्रेलियन ब्याटर साम हिजलेटले काठमाण्डू गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन खेल्ने भएका छन् । हिजलेटले यसअघिको सिजन विराटनगर किंग्सबाट एनपीएल खेलेका थिए ।
उनले अस्ट्रेलियाका निम्ति एक मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । हिजलेट सन् २०१७ मा अस्ट्रेलियाको एकदिवसीय टोलीमा पनि परेका थिए ।
उनले टी–२० क्रिकेटमा ५१ खेल खेल्दै ८९८ रन बनाएका छन् ।
हिजलेट काठमाण्डूमा भित्रने पाँचौँ विदेशी खेलाडी हुन् । टोलीले यसअघि अस्ट्रेलियाकै डेभिड वार्नर र विल बोसिस्टोसहित भारतका केएस भरत र श्रीलंकाका सहान अराचिगेलाई अनुबन्ध गरिसकेको छ ।














