काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले एकीकृत समाजवादीका नेतालाई एमालेमा आउन मन लागे सदस्यता नविकरण गर्न सुझाव दिएका छन् । मंगलबार समाजिक सञ्जालमार्फत बास्कोटाले यस्तो सुझाव दिएका हुन् ।
उनी लेख्छन्, ‘समाजवादीका पार्टी सदस्यले लम्बेचौंडे कुरै गर्नु पर्दैन ।जस्लाई एमालेमा रहन मन छ उस्ले खुरुखुरु सदस्यता नविकरण गरे भैहाल्छ।अहिलेको परिप्रेक्क्षमा त्यै हो पार्टी एकताको सजिलो बिधी।रामकुमारी झांक्रीले पनि तानेरै ल्याउन चै नखोज्नु नि! ब्यर्थै कारवाहीमा परिएला है।’