गृहमन्त्री गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई भान्छे प्रहरी नियन्त्रणमा

Image

गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि प्रहरीले दुई जना भान्छेलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) रामेश्वर पौडेलले घटनाबारे बुझ्नका लागि दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरेका छन्। उनले घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान भइरहेको बताए।

प्रहरीका अनुसार गृहमन्त्री गुरुङले चितवनस्थित विमानस्थल अगाडि रहेको एक होटलमा अम्लेट खाएका थिए। अम्लेट खाइरहेका क्रममा त्यसमा माछाको काँडा भेटिएपछि सुरक्षा संवेदनशीलताको दृष्टिले प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो।घटनापछि अम्लेट तयार गर्ने कार्यमा संलग्न दुई जना भान्छेलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ। काँडा अम्लेटमा कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको छ।

गृहमन्त्री गुरुङ हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।