ब्याजदर घटाउने बैंकहरुको निर्णय

बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । बुधबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको संघका अध्यक्ष सुनील केसीले टिभी अन्नपूर्णलाई जानकारी दिए । संघको बैठकले मुद्धती निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको छ । यसअघि मुद्धती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत रहेको थियो ।

यसअघि गत असोज महिनामा निक्षेपको ब्याजदर बढ्को थियो । घटेको ब्याजदर माघ १ गतेदेखि लागू हुनेछ । अब माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुने भएको छ । त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने भएको छ ।