महोत्तरी– बर्दिवास नगरपालिका– १४ सुगमबस्तीनिवासी सादिम आलकी ६ वर्षीया छोरी गुवालसा खातुनको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले दोषीलाई जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला अदालत बालिका हत्यामा दोषी ठहर भएका महोत्तरीले बर्दिबास– १४ सुगमबस्तीमै घर रहेका अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाएको हो। फैसलामा उनलाई आजीवन काराबासमा राख्न भनिएको छ। अदालतले पीडितलाई एक लाख क्षतिपूर्तिसमेत दिन आदेश दिएको छ।
महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले सोमबार सो फैसला भएको जानकारी दिए। न्यायाधीश रामचन्द्र खड्काको इजलासले सो फैसला गरेको हो। साहमाथि अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यानको मुद्दा लगाइएको छ।













