काठमाडौँ । स्लोभाकिया पठाउँछु भनेर ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएर काठमाडौंको सुकेधारा बस्ने मधुमाया थापा छिन् ।
३९ वर्षीया मधुमायाले स्लोभाकिया पठाउँछु भनेर ८ लाख ५० हजार ठगेको आरोप छ । पीडित लक्ष्मण शाही समेतलाई स्लोभाकियामा कृषि र फुड प्याकिङ कम्पनीमा काम लगाइदिन्छु भनेर रकम लिएर उनि सम्पर्कबिहिन भएकी थिइन् ।












