काठमाडौँ – ग्यास विस्फोटपछि आगलागीबाट घाइते भएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ । चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको बताइएको छ ।
कीर्तिपुर अस्पतालमा भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान चिकित्सकहरुले सिफारिस गरेका हुन् । भण्डारीलाई श्री एयरलाइन्सको चार्टड विमानबाट मुम्बई लैजाने तयारी भइरहेको छ । बिहीबार बिहान स्वास्थ्यमन्त्री पदम गिरीले भण्डारीलाई भेटेर सरकारले उपचारको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाएका थिए । तर भण्डारीले भने उपचारका लागि विदेश जान नमानेको बताइएको छ ।














