नेपाली कांग्रेसको राष्ट्रियसभा दलका नेता कृष्णप्रसाद सिटौलाको पद खोसिएको छ ।संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई दल नेताबाट हटाएका हुन् ।
यसअघि शेरबहादुर देउवा संसदीय दल नेता हुँदा सिटौलालाई राष्ट्रिय सभा दल नेता बनाएका थिए ।आङ्देम्बेले राष्ट्रिय सभा दल नेतामा कमला पन्तलाई मनोनीत गरेका छन्।
















