बैंक र वित्तीय संस्थाविरुद्ध व्यवसायीको विरोध प्रदर्शन

धनगढी : बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको नीतिमा सुधारको माग गर्दै व्यवसायी आन्दोलनमा उत्रिएका छन्।

बैंक तथा वित्तीय संस्थाका कारण व्यवासायीलाई मर्का परेको भन्दै सुधारका लागि १० बुँदे माग राख्दै आन्दोलन थालेका हुन्। मंगलवार बिहानैदेखि कैलाली उद्योग वाणिज्य संघलगायत अन्य व्यावसायिक संघ सस्थाले धनगढीमा विरोध प्रदर्शन तथा आन्दोलन गरेका हुन्।

धनगढीको चौराहदेखी पार्कमोडसम्म विरोध र्‍याली निकालेका उनीहरूले सरकार, नेपाल राष्ट्र बैंकविरुद्ध नाराबाजी समेत गरेका छन्। अहिले उनीहरूको पार्कमोडमा विरोध कोणसभा जारी छ।