मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई भोलि सार्वजनिक बिदा

Image

मोहम्मद जयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि भोलि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै भदौ १० गते बुधबार मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिइएको जनाएको हो।

२०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।

मुस्लिम आयोगले भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी गराएपछि गृह मन्त्रालयले सोहीअनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।मन्त्रालयका अनुसार उक्त बिदा मुस्लिम धर्मावलम्बीहरूका लागि लागू हुनेछ।