काठमाडौँको लाजिम्पाटमा एक व्यवसायीमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेका सहयोगी पक्राउ परेका छन् ।
बालाजु क्षेत्रबाट टीका भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर प्रमुख वसन्त रजौरेले जानकारी दिए । मनाङे मन्त्री हुँदा सिन्धुली घर भएका भण्डारी स्वकीय सचिव थिए ।
गत कात्तिक ११ मा घरजग्गा व्यवसायी विक्रम लामामाथि पार्किङस्थलमा एक समूहले रड प्रहार गरेको थियो । लामामाथि रड प्रहार घटनामा भण्डारीको कनेक्सन देखिएपछि पक्राउ गरिएको परिसर स्रोतले बतायो ।
यसअघि लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरीले निष्कर्ष निकालेको थियो ।















