भक्तपुरमा तास खेलिरहेका १४ जना पक्राउ

Image

भक्तपुरमा तास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–४, हलचापका ५४ वर्षीय धुर्व श्रेष्ठसहितका व्यक्तिहरू छन् ।

श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा आइतबार (कात्तिक ८) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद दुई लाख ९० हजार ७० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।