मेलिना राईले गरिन् इन्गेजमेन्ट, भोलि बिहे

Image

चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छिन् । उनले लमजुङका डा. ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी हुन् ।

इन्गेजमेन्टका तस्बिरहरु सार्वजनिक भएसँगै उनका फ्यान र कलाकारले बधाई दिइरहेका छन् ।

उनीहरुको बिहे भोलि शुक्रबार हुँदै छ । काठमाडौँ गोकर्णेश्वरको एक रिसोर्टमा विवाह समारोह राखिएको छ । स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

केही समयअघि राईले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।