फ्राइडे रिलिजअन्तर्गत आज दुई नेपाली चलचित्र प्रदर्शनमा आएकबा छन् । चलचित्र ‘एक्टर’ र ‘फिरफिरे फिरिरी’ एकै दिन प्रदर्शनमा आएका हुन् ।
‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका छन् । ‘फिरफिरे फिरिरी’ नवीन भट्ट निर्देशित चलचित्र हो ।
‘एक्टर’मा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिवु शाह, मनिषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय छ ।
चलचित्रमा सम्राट थापाको कथा तथा संगीत छ । ‘एक्टर’ नायक प्रिन्स थापाको डेब्यु चलचित्र हो ।
हरर कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’ नवीन भट्टको डेब्यु निर्देशन हो । चलचित्रमा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बूलगायतको अभिनय छ । स्क्रिप्ट निर्देशक भट्ट र सन्दीप श्रेष्ठले लेखेका हुन् ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता मनोजकुमार अधिकारी हुन् ।