टोकियोमा ‘देउता बनाउने कारखाना’ को कर्मभूमि लोकार्पण, ऐतिहासिक उपस्थिति (भिडियो)

Image

नेपाली साहित्यप्रेमीहरूको अभूतपूर्व जमघटबिच कवि रविन शर्मा द्वारा लिखित कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’ को कर्मभूमि लोकार्पण भव्य रूपमा सम्पन्न भएको छ । टोकियोमा हुने कार्यक्रममध्येकै ऐतिहासिक उपस्थिति रहेको कार्यक्रम अन्तर्राष्ट्रिय साहित्य समाजको आयोजनामा भएको हो । कार्यक्रमको उद्घाटन गर्दे प्रमुख अतिथि जापानका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले यो केवल लोकार्पण मात्र नभएर नेपाली भाषा, साहित्य र पहिचानको अन्तर्राष्ट्रिय उत्सव भएको बताउनुभयो । प्रवासको साहित्यिक कार्यक्रममा ३ सय बढी सहभागी हुनुलाई उपस्थिति मात्रै होइन, नेपाली साहित्यप्रतिको अथाह प्रेमको प्रमाण भएको डा. सुवेदीको भनाई थियो ।

देउता बनाउने कारखानाका सर्जक कवि शर्माले प्रवासमा रहेर पनि नेपाली साहित्यको विकासमा खेलेको भूमिकाको चर्चा गर्दे राजदूत डा.सुवेदीले लक्ष्मीप्रसाद देवकोटा र मोतीराम भट्टसँग तुलना गर्दे कवि रविनको तुलना गर्दे उनी व्यक्ति नभएर व्यक्तित्व भएको उल्लेख गर्नुभएको थियो ।
आफु जापानका धेरै कार्यक्रममा सहभागी भएपनि पहिलो पटक यति ठूलो संख्यामा नेपाली समुदाय साहित्यिक कार्यक्रममा देखेको बताउँदै, यो केवल एक कृति विमोचन नभई नेपाली भाषा, साहित्य, र संस्कृतिको अन्तर्राष्ट्रिय गौरव को प्रतीक भएको डा.सुवेदीको बुझाई थियो ।

विमोचन कार्यक्रम प्रवासमा रहेर नेपाली साहित्यको क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तित्वहरूसँगै नेपालबाट आउनुभएको पूर्व सांसद सूर्य पाठक, वरिष्ठ पत्रकार राजु सुवेदीले यस ऐतिहासिक क्षणका साक्षी बन्न पाउनुमा गर्व महसुस भएको भन्दै कवि रविन शर्माको सिर्जनात्मक प्रतिभाको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

पुस्तक माथि परिचर्चा साहित्य प्रेमी मूर्तिकार तथा कलाकार मञ्जुल मितेरीले गर्नुभएको कार्यक्रममा स्रष्टा परिचय संस्थाका पूर्व अध्यक्ष दिप पाठकले गराउनुभएको थियो । यस्तै अनेसास जापनका अध्यक्ष अरुण पौडेलको सभापतित्व र बिनिषा सापकोटाले संचालन गरेको कार्यक्रममा सचिव सङ्गीता कुँवरको शुभकामना मन्तव्य राख्नुभएको थियो । कृति विमोचनसँगै कवि शर्माले देउता बनाउने कारखानामा समावेश कविता वाचनले हलमा रौनकता ल्याएको थियो ।