बाढी पूर्वानुमान महाशाखाले आज बिहीबार पनि देशका विभिन्न खोला तथा नदीमा बाढी आउने र त्यसले आसपासका क्षेत्रमा असर पुर्याउन सक्ने जानकारी दिँदै सतर्कता अपनाउन सुझाव दिएको छ।
बाढी महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँसहित ४८ जिल्ला र आसपासका खोला/नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको छ। साथै हालै मात्र बाढीले ठुलो क्षति गरेका रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोसी, त्रिशूली नदी तथा ससाना नदीहरूको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।
बुलेटिनमा भनिएको छ, ‘आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोसी, त्रिशूली नदी तथा ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना छ।’














