सुनचाँदीको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।

आज एक तोला छापावाल सुनको मोल एक लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको महासंघका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार एक हजार ८५० रुपैयाँ कायम भएको एक तोला चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघ जनाएको छ ।