तोलामा एक हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन एक लाख ६४ हजार ७०० कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार ९३० रुपैयाँ कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।