आईएमई पे र खल्तीबीच मर्जर सम्झौता

Image

काठमाडौं । नेपालका प्रमुख दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्तीबीच मर्जर हुने भएको छ ।

दुई कम्पनी मर्जर गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको आईएमई पे स्रोतले जनाएको छ । सम्झौता भई आज राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको छ । मर्जरपछि आईएमई खल्ती नाम राख्ने गरी समझदारी भएको बताइएको छ। 

गुगल प्लेस्टोरमा खल्ती ५० लाखभन्दा बढी डाउनलोड भएको छ भने आईएमई पे १० लाखभन्दा बढी डाउनलोड भएको छ। 

यी दुई डिजिटल वालेट एक हुँदा भुक्तानी सेवा प्रदायकबीच अझै बलियो हुनसक्नेछ।  भुक्तानी सेवा प्रदायकबीच नेपालमा पहिलो पटक मर्जर हुन लागेको हो ।