वरिष्ठ साहित्यकार झमक घिमिरेलाई कोशी एक्सिलेन्स अवार्ड २०८१ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका हुन् ।
उनको अवस्थाका कारण साहित्यकार घिमिरे कार्यक्रममा उपस्थित हुन सकेकि थिइन् । शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले सो सम्मान ग्रहण गरेका थिए । साहित्यकार घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंमार्फत हस्तान्तरण गरिएको हो ।