नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि बुधबार सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।