नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी ३५ रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।