लगातार चौथो दिन पनि घट्यो सेयर बजार

Image

सेयर बजार लगातार चौथो दिन घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार २.७० अंक घटेको हो । सोमाबरदेखि घटेको नेप्सेले साताको अन्तिम दिन बिहीबार पनि निरन्तरता पाउँदा सूचक २८१८.४३ अंकमा आइपुगेको छ ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९७ करोडको कारोबार भएकोमा आज १० अर्ब १० करोडको भयो । कुल ९९ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने १२ को स्थिर रह्यो ।

यो दिन दिनभरजसो बजारमा ससाना उतारचढाव देखिए पनि अन्तिम समयमा जम्म २।७० अंकले घटेर बन्द भएको हो। राताम्मे बनेको बजारमा लगानीकर्ताले कारोबार पनि खुम्च्याएका छन् ।

१४ अर्बसम्म कारोबार गर्दै आएका लगानीकर्ताले बजार घट्न थालेपछि कारोबार खुम्च्याएका हुन्। आज पनि लगानीकर्ताले १० अर्ब १० करोड बरारबको सेयर कारोबार गरेका छन् ।

आज बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहबाहेक सबै समूहको सूचक घटेर राताम्मे बनेका छन् ।

यस्तै कम्पनीगत रुपमा भने आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ । जसमा गार्डियन माइक्रोलाइफको र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा नबिलको डिबेन्चरमा नकारात्मक सर्किट लागेको हो ।

यस्तै बिहीबार कारोबारमा दुई पुनर्बिमा कम्पनी नै अगाडि देखिएका छन् । यी दुवै कम्पनीको सेयर १र१ अर्ब माथिको कारोबार भएको छ ।