प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा आन्तरिक र अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकूलका कारण न्यून भिजिबिलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’मा परेका हुन् ।
विमानस्थल कार्यालयका अनुसार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको छ ।
कतारको दोहाबाट आएको कतार एयरवेज, भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुबईबाट आएको फ्लाई दुबई, भैरहवाबाट आएको फ्लाई दुबई, धनगढीबाट आएको बुद्ध एयर र पोखराबाट आएको यती एयरलाइन्सको विमान कम भिजिबिलिटीका कारण होल्डमा परेको कार्यालयको भनाइ छ ।















