सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने बताएका हुन् ।हवाइ सम्बन्धी मापदण्ड कडाइको साथ पालना गर्ने बताउँदै पौडेलले नयाँ मुलुकहरुसँग हवाई सम्झौता गरी बजार विस्तार गरिने घोषणा गरे ।












