संसद्‌मा सत्तापक्ष र विपक्षी दुवै उभिएपछि १५ मिनेटका लागि स्थगित (भिडियो)

Image

प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्ष दुवै उभिएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

बैठकमा सहभागी एक सांसदका अनुसार सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने बताएका थिए ।

तर, विपक्षीहरूले कुलमान घिसिङलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिएपछि मात्रै संसद् खुल्न दिने भन्दै अवरोध गरेका हुन् ।