शिक्षकहरुले आज पनि छाडेनन् माइतिघर–बबरमहल सडक (भिडियो)

नाचगानसहित विद्यालय शिक्षा ऐन जारी गर्न माग

Image

विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

आफुहरुसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरुले माइतिघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन् । नाचगानसहित उनीहरुले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन । महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।

आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरुले शैक्षिक हड्ताल समेत गरेका छन् । जसका कारण शैक्षिक गतिविधि ठप्प भएको छ ।