ढुंगेअड्डामा सडकमा गुड्दै गरेको बसमा आगलागी (भिडियो)

Image

काठमाडौँको ढुंगेअड्डामा सडकमा गुड्दै गरेको बसमा आगलागी भएको छ ।

चन्द्रागिरी नगरपालिका- १५ स्थित पिपलबोटको मूल सडकमा कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको प्रदेश ३ – ०१ – ००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार बस पूर्णरुपमा क्षति भएको छ । उनका अनुसार यात्रु भने सकुशल रहेका छन् ।

बसको इन्जिनमा एक्कासी आगो लागेपछि यात्रुहरू आत्तिएर बाहिर निस्किएका थिए । सावधानी अपनाउँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । उक्त आगो नियन्त्रणमा आइसकेको छ । चन्द्रगिरी नगरपालिकाको दमकल, पानी ट्यांकर,प्रहरी र स्थानीयको सहयोगबाट आगो नियन्त्रणमा लिएको हो ।