माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन (भिडियो)

Image

सहकारी पीडितहरूले सोमबार काठमाडौँको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् ।

उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् ।