राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नयाँ कुरा केही नभएको प्रतिक्रिया दिएका छन् ।
नीति तथा कार्यक्रम सार्वजनिक भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘नयाँ कुरा केही छैन । सरकार पुरै थाकेर, हारेरको जस्तो देखियो । केही नयाँ कार्यक्रम घोषणा गर्न सकेको छैन ।’
पहिलेका सरकारले हावादारी भए पनि सुन्दा रमाइला कार्यक्रम ल्याउने गरेको भन्दै खनालले यसपालीको कार्यक्रममा त्यो पनि नदेखिएको जिकिर गरे । ‘०७४ को चुनावपछि दुई तिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो,’ उनले भने, ‘तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन ।’
शक्तिशाली सरकार भएपनि पटक पटक फेल भएकै कार्यक्रमहरु नै अघि सारेको आरोप लगाए ।














